निरन्तर ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सोमबारयता सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ घटेर १ लाख १५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोलाएक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख १४ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार बढेको चाँदीको मूल्य आज ३५ रूपैयाँ घटेर एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ४२० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया