गाजा युद्धमा नौ इजराइली सैनिक मारिए
एजेन्सी । मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ ।
सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ ।
यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन् । इजराइलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ ।
राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।
सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ । स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए ।
आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजराइलले बताएको छ । इजराइली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए ।
सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजराइलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएको थियो ।
इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया