गोठाटारमा प्रहरीले गोली चलायो

काठमाडौं । काठमाडौंको गाठाटारमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको हो ।
लागूऔषध कारोबार गर्ने भारतीय नागरिक मोहमद करिमलाई पक्राउ गर्न लाग्दा आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको एक राउन्ड गोली लागेर करिम घाइते भएका छन् । झापाको कचनकवल-८ का हर्क लिम्बुलाइ पनि प्रहरीले नियन्त्रणामा लिएकाे छ ।
उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको जनाइएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया