युद्धग्रस्त यमनमा युद्धविराम

साना । यमनका युद्धरत पक्षले शनिबार देखि पहिलो राष्ट्रव्यापी युद्धविरामका लागि आफ्नो हतियार बिसाउने सहमति गरेका छन् ।
ग्रीनविच समय अनुसार रमजानको पहिलो दिन दिउसो ४ः०० बजे लागू हुने गरी इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन दुवैले दुई महिनाको सहमति पालना गर्न सहमत भएका छन् ।
यमनमा जारी लामो युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सयौं हजारको ज्यान लिएको छ र लाखौंलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा विश्वकै सबैभन्दा खराब मानवीय संकट उत्पन्न भएको छ ।
पहिलेका युद्धविरामहरू निष्प्रभावी भएकाले यस सम्झौता पनि कतै उल्लंघन हुने हो कि भन्ने कतिपय विश्लेषकले अनुमान गरेका छन् ।
अप्रिल २०१६ मा शान्ति वार्ता अगाडिको राष्ट्रिय युद्धविराम लगभग तुरुन्तै उल्लंघन भयो र त्यस वर्षका शान्तिका अन्य प्रयासहरू पनि उल्लंघन भएका थिए । विश्वको सबैभन्दा गरिब अरब मुलुकको लागि जीवन रेखा, विद्रोहीले कब्जामा लिएको होडैडा बन्दरगाह वरिपरि शत्रुता रोक्ने सन् २०१८ को सम्झौतालाई पनि धेरै हदसम्म उपेक्षा गरिएको थियो ।
यस सम्झौताअन्तर्गत यमन र यसको सिमाना पार गर्ने सबै जमीन, हवाई तथा समुद्री सैनिक परिचालन रोकिने यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले आफ्नो बताए ।
सम्झौता अन्तर्गत होडैडा बन्दरगाहमा इन्धन बोक्ने जहाजहरूलाई आवातजावतका लागि अनुमति दिइनेछ भने र हुथी नियन्त्रित क्षेत्र राजधानी सानाको विमानस्थलबाट निश्चित क्षेत्रीय गन्तव्यमा पुनः व्यावसायिक उडानहरू आरम्भ गरिनेछ । शान्तिवार्ताका लागि दुवै पक्षले अघि सारेका प्रमुख मागमा सहमति भएको छ ।
यमनका लािग स्वीडेनका कूटनीतिज्ञले युद्धविरामा सम्झौता पालनमा हुनेमा आशावादी हुँदै भने, ‘सात वर्षभन्दा बढी युद्धको दौडान अत्यन्तै पीडित भएका सबै यमेनी महिला, पुरुष तथा केटाकेटीहरूले युद्धविराम सहमतिसँगै यस युद्धको अन्त हुने आशा गरेका छन् ।’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया