सन्दीपले लिए लगातार दुई विकेट
काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेल नेपाल र ओमानबीच जारी छ ।
खेलमा नेपालका लागि सन्दीप लामिछानेले लगातार दुई विकेट लिएका छन् । उनले पाँचौँ विकेटका रुपमा ओमानका आयान खानलाई आउट गराए भने छैटौँ विकेटमा मोहरान खानलाई शून्य रनमा आउट गराए । सन्दीपले जिसन मक्सुद र आयान खानको ४९ रनको साझेदारी तोड्दै आफ्नो पहिलो विकेट लिए ।
नेपालका लागि सोमपाल कामीले दुई विकेट लिएका छन् । सोमपालले ओमानका शोयब खानलाई आउट गर्दै चौथौ विकेट दिलाएका हुन् । त्यस्तै, करण केसी, गुल्सन झाले समान एक विकेट लिन सफल भएका छन् ।
गुल्सन झाले ओमानका श्रीकान्त अथावलाई आउट गराएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो विकेटमा सोमपाल कामीले ओमानका अकिब इलियास आउट गराएका थिए ।
नेपालका लागि पहिलो विकेट दिलाएका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया