नेपालले भोलि युएईको सामना गर्ने, विश्वकप खेल्न जित्नै पर्ने दवाव
काठमाडौं । टी-२० विश्वकपमा छनोट हुनका लागि नेपालले युएईको सामना गर्नुपर्ने भएको छ ।
नेपाल समूह ‘ए’ को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह ‘बी’ को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो। यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका मिलेको छ ।
बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको हो । उता, मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङलाई २२ रनले हराउँदै समूह विजेता बन्न सफल भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया