माछापुच्छ्रे बैंकको नाफा ५४ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकको पहिलो त्रैमासिक वित्तिय विवरणअनुसार २०.१८ प्रतिशतले नाफा बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ रहेको छ । जुत गत वर्षको भन्दा बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो।
पहिलो त्रैमासिकसम्ममा बैंकको १ खर्ब ४८ करोड ८५ करोड ८३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै यस अवधिमा १ खर्ब ३० अर्ब ४७ करोड ५९ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोजमसान्तसम्ममा बैंकको चुँक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४१ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै सञ्चालन नाफा ७८ करोड ३५ लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा बैंकको जगेडा कोषमा १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया