दुई पाइलटबीचको झगडा प्रकरणमा मन्थली विमानस्थलका प्रमुख पनि निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ ।
दुई पाइलटबीचको झगडा प्रकरणमा विमानस्थल प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।
अर्को सूचना जारी नभएसम्म थापालाई निलम्बन गरेर छानविन गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसअघि पाइलट द्वय सन्तोष शाह र सञ्जीव श्रेष्ठको पनि लाइसेन्स सस्पेन्ड गरिसकेको छ ।
शुक्रबार विहान लुक्लाबाट मन्थलीमा जहाज अवतरण गराएपछि दुई पाइलटबीच युनिफर्ममै कुटाकुटको अवस्था आएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया