१० वर्षपछि टी-२० विश्वकपमा नेपाल
काठमाडौं । नेपाल टी-२० विश्वकपका लागि छनोट भएको छ ।
आज भएको निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको हो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६५ रनको योगदान दिए भने कप्तान रोहितकुमार पौडेलले ४० रनको योगफल बनाए ।
टस जितेर ब्याटिङ रोजेको युएईले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए ।
युएईविरुद्ध उत्रिएको नेपालले १७ ओभर र दुई विकेटको क्षतिमा युएईले दिएको लक्ष्य सहजै भेट्टाएको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । त्यस्तै नेपालका लागि रोहितकुमार पौडेलले एक विकेट लिए ।
नेपालले अब आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप खेल्नेछ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया