भूकम्पका घाइतेको वीर अस्पतालमा उपचार हुने
काठमाडौं । जाजरकोट र पश्चिम रुकुममा भूकम्पका घाइतेहरुहरुको काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुने भएको छ । वीर र ट्रमाले उपचारका लागि तयारी गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतका अनुसार इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको छ । साथै बिरामी लिनलाई अस्पतालका एम्बुलेन्स विमानस्थल पठाइएको छ । ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड भूकम्पका घाइतेका लागि तयारी अवस्थामा राखिएको छ। घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धारको काम भइरहेको छ ।
सुरक्षा निकायबाट प्राप्त पछिल्लो तथ्याङकअनुसार भूकम्पमा एक सय ७५ जनाको मृत्यु भएको छ भने तीन सय ७५ जना घाइते भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया