डोटीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइते
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे २ बजे शिखर नगरपालिका–६ को केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही स्थानकी विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना छन् ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरेर शैलेश्वरी अस्पताल डोटी पु–याइएको अस्पतालले जनाएको छ ।
जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । एक्कासि अनियन्त्रित भएर जिप दुर्घटना भएको बताइए पनि यसको ठोस कारण पत्ता लागेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया