मन्त्रिपरिषद् बैठकको निर्णयः घाइते सबैको उपचार निःशुल्क, एकद्वार प्रणालीबाट राहत
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइतेको निशुल्क उपचार गर्नेदेखि प्रभावित क्षेत्रमा राहत वितरणबारे निर्णय गरेको छ ।
आइतबार विहान सिंहदरबारमा बसेको बैठकले घाइते सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । योसँगै भूमक्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।
त्यसका लागि विभिन्न संघ संस्था, राजनीतिक दल या सहयोगी संस्थाले गर्ने सहयोग सरकारी कोषमै जम्मा गर्नुपर्ने हुन्छ । सरकारले सबैको सहयोगलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने जनाएकोे छ ।
राहत संकलनका लागि पहिलो केन्द्र सुर्खेत र दोस्रो नेपालगञ्ज बनाउने सरकारको तयारी छ । योसँगै जिल्ला स्तरीय संयन्त्राई विपद् पूर्व तयारीका लागि प्रभावकारी बनाएर लैजाने नीतिगत निर्णय भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया