भूकम्पमा आमाबुबा गुमाएका बालबालिकालाई एलएले निशुल्क शिक्षा प्रदान गर्ने

काठमाडाैं । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी आमाबुबा दुवै गुमाएका बालबालिकालाई एलए (लिटल एन्जेल्स) एजुकेसन ग्रुपले नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।
ग्रुपका संस्थापक उमेश श्रेष्ठले सामाजिक सञ्जालमा ट्वीट गर्दै भूकम्पमा आमाबुबा गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरेर १० जना बालबालिकालाई उच्च माध्यामिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षा संस्थाबाट नि:शुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।
ट्वीटमार्फत उनले निशुल्क शिक्षा प्रदान गर्न न्युनतम २ करोड रूपैयाँको छात्रवृति उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका छन् ।
एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू)ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्याएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि …१/२
— Umesh Shrestha (@umesh_1956) November 5, 2023
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया