वार्ता मिल्यो, कुलमानलाई कार्यालय प्रवेशमा रोक नलगाइने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
सात बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहको प्राधिकरण व्यवस्थापनसँग सहमति भएसँगै आन्दोलन फिर्ता लिइसकेका छन् ।
आजको वार्ता पछि ट्रेड युनियनहरूको माग सम्बोधन गर्न उनीहरूको आधिकारिक प्रतिनिधि रहनेगरी जनसाधन विभाग निर्देशकको अध्यक्षतामा पाँच सदस्यीय कमिटी गठन गर्ने निर्णय भएको छ ।
सोही कमिटीले अध्ययनसहितको सिफारिस प्रतिवेदन कार्यकारी निर्देशक घिसिङलाई बुझाउने जनाएको छ । योसँगै प्राधिकरण व्यवस्थापनले गत ३० असोजमा भएको सरुवा काजको पनि पुनरावलोकन गर्ने सहमति भएको छ ।
प्राधिकरणका क्रियाशील कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनमा थिए । दुवै संगठन मिलेर आज कार्यकारी निर्देशक घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
ताजा अपडेट
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
प्रतिक्रिया