वार्ता मिल्यो, कुलमानलाई कार्यालय प्रवेशमा रोक नलगाइने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
सात बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहको प्राधिकरण व्यवस्थापनसँग सहमति भएसँगै आन्दोलन फिर्ता लिइसकेका छन् ।
आजको वार्ता पछि ट्रेड युनियनहरूको माग सम्बोधन गर्न उनीहरूको आधिकारिक प्रतिनिधि रहनेगरी जनसाधन विभाग निर्देशकको अध्यक्षतामा पाँच सदस्यीय कमिटी गठन गर्ने निर्णय भएको छ ।
सोही कमिटीले अध्ययनसहितको सिफारिस प्रतिवेदन कार्यकारी निर्देशक घिसिङलाई बुझाउने जनाएको छ । योसँगै प्राधिकरण व्यवस्थापनले गत ३० असोजमा भएको सरुवा काजको पनि पुनरावलोकन गर्ने सहमति भएको छ ।
प्राधिकरणका क्रियाशील कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ कात्तिक १४ गतेदेखि आन्दोलनमा थिए । दुवै संगठन मिलेर आज कार्यकारी निर्देशक घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया