सुनको मूल्य ४०० रूपैयाँ घट्यो, चाँदीको स्थिर
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर ९९ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी शुक्रबारकै मूल्य तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया