नेदरल्याण्डस् जान लागेका गुरुङ विमानस्थलमा पक्राउ
काठमाडौं । अवैध रुपमा बिदेशी मुद्रा बोकेको भन्दै प्रहरीले नेपाली मुलका नेदरल्याण्ड्स नागरिकलाई पक्राउ गरेको छ । ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङ आइतबार राति पक्राउ परेका हुन्।
नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो । उनले सो रकम बैधानिक रुपमा साटेको प्रमाण देखाउन नसकेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया