चेल्सीले घरेलु मैदानमै ब्रेन्टफोडसँग ब्यहोर्यो लज्जास्पद हार
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बलियो चेल्सीले तुलनात्मक रूपमा ब्रेन्टफोर्टसँग घरेलु मैदानमा लज्जास्पद हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।
एन्टोनियो रुडिगरले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, ५० औं मिनेटमा ब्रेन्टफोर्डका भिटाली जनालेटले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि पनि बेन्टफोर्ड रोकिएन । खेलको ६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा योयाने विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–० को सानदार जित दिलाए ।
यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर लिगको १४ औं स्थानमा रहेको छ ।
हारका बाबजुद चेल्सी ५९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया