NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

निर्जीवन बीमा कम्पनीले फागुनसम्ममा आर्जन गरे २५ अर्ब रुपैयाँ बीमा शुल्क, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काडमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले २५ अर्ब भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १९ लाख २९ हजार ३८५ बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिको तथ्यांकअनुसार बीमा कम्पनीले फागुनमा मात्रै ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीले कुल २ लाख ३८ हजार ५०१ बीमालेख जारी गरेका छन् ।

कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

चालु आवको फागुनसम्ममा कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले ३ अर्ब १० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । माघसम्मको तथ्यांकअनुसार पनि सबैभन्दा धेरै बीमा शुल्क संकलन शिखर इन्स्योरेन्सले नै गरेको थियो । चालु आवको माघसम्ममा शिखर इन्स्योरेन्सले कुल २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस्तो छ कम्पनीहरुको विस्तृत विवरण :