अब म्युचुअल फन्डले ६ महिनासम्म आरक्षणको आइपिओ बेच्न नपाउने

काठमाडाैं । अब म्युचुअल फन्डले सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आइपिओ बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियमन विभागले यस्तो निर्देशन जारी गरेका हुन् ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ बमोजिम कार्तिक २१ (आजै) बाट लागू हुनेगरी सिडियएस एण्ड क्लियरिङ लिमिटेड र सम्पर्ण योजना व्यवस्थापकहरूलाई निर्देशन जारी गरेको छ ।
‘सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन बाँडफाँट भएको मितिले ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन,’ बोर्डद्वारा जारी निर्देशनमा भनिएको छ । बोर्डका अनुसार यसरी खरिद गरेको धितोपत्र बाँडफाँट भएको मितिले ६ महिना भित्र नै योजनको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्व रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने कुनै बाधा नपुग्ने बोर्डले जनाएको छ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया