भूकम्प पीडितिलाई चौधरी फाउण्डेसनले ‘ट्रान्जिसनल सेल्टर’ बनाइदिने
काठमाडाैं । चौधरी फाउण्डेसनले भूकम्पबाट घर गुमाएका पश्चिम रूकुम चौर जहारी नगरपालिका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय लिएको छ । चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज विहानको बैठकबाट यो सहमति भएको विनोध चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘फाउण्डेसनले नगरपालिकासँगको समन्वयमा घरविहिन भएका भएका परिवारका लागि यस्तो घर निर्माण गर्न लागेको हो जसका लागि यथासम्भव छिटो काम शुरू हुनेछ ।’
फाउण्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया