संघ सरकारसँग मधेस सरकार रुष्ट, आज आन्दोलन घोषणा गर्दै !

काठमाडौं । मधेस प्रदेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गर्ने भएको छ । देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सरकारले संघ सरकारविरुद्ध यसरी आन्दोलन घोषणा गर्न लागेको हो ।
मधेस प्रदेशले प्रहरी समायोजन, निजामति ऐन अघि बढाएर कार्यान्वयन हुनुपर्ने माग राखेको छ । आफ्नो मागअनुसार संघ सरकार अघि नबढेपछि मधेस सरकारले बुधबार आन्दोलन घोषणाको तयारी गरेको हो ।
मधेस प्रदेश मुख्यमन्त्रीको कार्यालयले अहिले दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलन घोषणा गरिने जनाएके छ ।
बुधबार आन्दोलन घोषणा गरेर मुख्यमन्त्री सरोज यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्ना मागबारे अवगत गराउन ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
ज्ञापनपत्र बुझाएर १५ दिने अल्टिमेटम दिने र उक्त अवधिमा पनि माग पूरा नभए माइतीघर मण्डलामा धर्ना बस्ने मधेस प्रदेश सरकारको चेतावनी छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया