सुन तस्करीमा संलग्न महिला पक्राउ

काठमाडौं । दोलखाको लामाबगर नाकाबाट सुन तस्करीमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महिमा माझीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
यसअघि बरामद भएको साढे ११ केजी सुनको अनुसन्धानमा सिआइबीले उनलाई पक्राउ गरी दोलखा प्रहरीमा बुझाएको छ । यसअघि सो घटनामा १४ जना पक्राउ परिसकेका छन् ।
गत महिना दोलखामा प्रहरीले चीनबाट तस्करी गरिएको ११ केजी सुन बरामद गरेको थियो । जसको दोलखा प्रहरी र सिआइबीले संयुक्त अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया