३० अंकले घट्यो नेप्से, एक अर्ब ४६ करोडको कारोबार
काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ३०.८९ अंकले घटेर २५१३.४१ मा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड सात लाख ७३ हजार ७२९ रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४३ अंकले ओरालो लाग्दै ४५९.०३ मा आएको छ ।
सामूहिक लगानी कोषबाहेक सबै उपसमूहका सेयर मूल्यमा गिरावट
नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका म्युचल फण्डबाहेक सबैकत्र शेयर मूल्य घटेका छन् । आज बैंकिङ ०.५१, व्यापार १.१९ होटल तथा पर्यटन ०.७७, विकास बैंक १.२७, जलविद्युत् १.३१, वित्त १.५१, निर्जीवन बीमा १.४३, उत्पादन ०.८४, अन्य ०.१३, लघुवित्त १.३७, जीवन बीमा १.५२, र लगानी १.४२ अंकले ओरालो लागेका छन् ।
सामूहिक लगानी कोष ० अंकले बढेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया