१५ प्रतिशतसम्म बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारीको भाडा बढाएको हो ।
नयाँ भाडादरअनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि १३ र तराइका बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय रुपमा उच्च रुपमा बढेको पेट्रोलको मूल्यअनुसार लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।
असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । पेट्रोलको मूल्य अहिले प्रतिलिटर १५५ रुपैयाँ र डिजेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।
कुन रूटमा कति बढ्यो भाडा ? यस्तो छ :
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया