धरानमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने
काठमाडौं । सरकारले धरान उपमहानगरपालिकामा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक ई.नल बिक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनेगरी समिति गठन भएको हो ।
बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री किरातीलाई विमानस्थल निर्माणका लागि पहल गरिदिन पत्र लेखेका थिए ।
तर आम रूपमा भने ४० किलोमिटर भन्दा कम दूरीमा अवस्थित विराटनगर विमानस्थल हुँदा हुँदै धरानमा पनि विमानस्थल बनाउने विषय अव्यवहारिक भएको भन्दै विरोध भइरहेको छ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया