लगातार चार दिन घटेपछि आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सोमबारयता लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रूपैयाँले बढेर एक लाख १४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला एक हजार घटेर एक लाख १३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँ कायम भएको छ । बिहीबार चाँदी २० रूपैयाँले बढेर एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया