पाण्डेको राजीनामापछि को बन्छ नयाँ प्रधानसेनापति ?
काठमाडौं । नेपाली सेनामा भावी प्रधानसेनापतिका रुपमा अघि बढाइएको ताराध्वज पाण्डेको राजीनामाले नयाँ तरंग ल्याएको छ । यसले ९ महिनापछिको सैनिक नेतृत्व मात्र होइन त्यसपछिको नेतृत्वमा पनि हेरफेर हुन सक्नेछ ।
नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक भएको विवादमा उपरथी पाण्डेले राजीनामा दिएका हुन् । जबकी उनको रथीमा बढुवा सिफारिस भइसकेको थियो । उनको राजीनामा समेत शुक्रबार नै स्वीकृत भइसकेको छ ।
अब रथी बढुवाको प्रतिस्पर्धामा बरिष्ठतम् उपरथी अशोक सिग्देल छन् । उनी नै आगामी भदौमा प्रधानसेनापति हुने लगभग निश्चित छ । पाण्डेको राजीनामाले अर्का एक उपरथीलाई पनि तीन महिनापछि रथी हुने बाटो खोलेको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया