एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादीमा प्रवेश
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर (प्रमुख) अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नगरप्रमुख चन्दसहित पाँच जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराएका छन् । समाजवादी प्रवेश गर्ने चन्दसहित सबै जनप्रनितिधि विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।
सो अवसरमा नगरप्रमुख चन्दले पार्टीमा अपमानित र षड्यन्त्रहरू हुन थालेपछि बाध्य भएर पार्टी परिवर्तन गर्नुपरेको बताए । उनले १० बुँदे पक्षधर तथा पूर्वमाओवादीबाट एमालेमा रहेकालाई जिल्लामा विभेद गर्नुका साथै जिम्मेवारीबाट वञ्चित गराएको बताए । गत पुसमा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा सचिव पदमा झिनो मत अन्तरले पराजित भएका चन्दले आफू निकट नेता तथा कार्यकर्ता जिल्ला नेतृत्वको पेलानमा परेको दाबी गरे ।
विसं २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमालेको राजनीतिमा लागेका चन्दले २२ वर्ष पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव सुनाए । एमाले र माओवादी एकीकरणपछि उनी पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका थिए ।
प्रमुख चन्दसँगै एमालेका जिल्ला कमिटी सदस्य एवं बेदकोट नगरपालिकाका युवा नेता रामचन्द्र रेग्मीलगायत सयौँ नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी बेदकोट नगर कमिटीले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया