लोक सेवा आयोगले माग्यो दुई सय ५७ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ दुई सय ५७ कर्मचारी माग गरेको छ।
शुक्रबार आयोगले प्रकाशित गरेको सूचना अनुसार राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।
आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।
उक्त पदमा आयोगले खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्ने भएको हो । इच्छुक र योग्यता पुगेकाहरुले मंसिर १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह/उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ ।
दरखास्तका लागि आवेदकले आयोगको वेवसाइटमार्फत अनलाईन आवेदन दिन सक्नेछन्।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया