रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना यात्रु घाइते
काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाए अनुसार सोमबार बिहान चौरजहारी नगरपालिका-८ को गोईरीज्यूलामा लु१ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ भने ५ जना घाइतेको अवस्था गम्भीर छ ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया