आजदेखि सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग विधिमार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले आज (मंसिर ६) गतेदेखि संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको अंकित मूल्य एक सय दरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयरका लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य न्युनतम ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ ५० पैसा कायम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको सो शेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया