भारतले उपलब्ध गराएका मुर्रा राँगा नेपाल भित्रिए, कहाँ राखिन्छ ?
काठमाडौं । भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट बुधबार बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् ।
उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भएको थियो ।
विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ ।
भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा तीन वटा राखिने छ ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया