धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटा । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका हुन् ।
बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकाराम र भीमाका ६ वर्षीया आशिका छोरी पनि छिन्।
गए राति श्रीमान र श्रीमतीबीच झगडा भएको थियो। मापसे गरी झगडा भएपछि टीकाराम आफैंले छोरी आशिकालाई छिमेकीको घरमा छाड्न गएका थिए।
बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आशिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया