धनकुटामा एकै परिवारका तीन जना मृत फेला
धनकुटा । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका हुन् ।
बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकाराम र भीमाका ६ वर्षीया आशिका छोरी पनि छिन्।
गए राति श्रीमान र श्रीमतीबीच झगडा भएको थियो। मापसे गरी झगडा भएपछि टीकाराम आफैंले छोरी आशिकालाई छिमेकीको घरमा छाड्न गएका थिए।
बुबाले आमा र दाजुलाई घाँटीमा समातेर टाउकामा कुटेको देखेको आशिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया