कतिमा हुँदैछ सुनचाँदी कारोबार ?
काठमाडाैं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ बढेर एक लाख १६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य १ लाख १६ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदी ३५ रूपैयाँले बढेर एक हजार ४८५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया