सुनको मूल्य पुन: उकालो, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ बढेर एक लाख १७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदी १५ रूपैयाँले बढेर एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ४८५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया