NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

भन्सार एजेन्टको स्थगित लिखित परीक्षा वैशाख १७ गते 

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको तालिका पुनः सार्वजनिक गरेको छ । विभागले आज एक सुचना जारी गर्दै परीक्षा हुनेबारे जानकारी दिएको हो ।

परीक्षा आउँदो वैशाख १७ गते शनिबारका दिन दिउँसो दुइ बजेबाट सञ्चालन हुने विभागले जनाएको छ । विभागले यसअघि फागुन २८ गते  सञ्चालन गर्ने गरी तोकिएको परीक्षा उच्च अदालतले पाटनको अल्पकालिन अन्तरिम आदेशको कारण गत फागुन २६ गते उक्त लिखित परीक्षा स्थगित गरिएको थियो ।

सोही परीक्षा १३ गतेको अदालतद्वारा सुनुवाइबाट अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिई आदेश जारी नगर्ने आदेश भएकाले परीक्षाको मिति पुनः सार्वजनिक गरेको हो ।

विभागका अनुसार परीक्षा केन्द्र भने विभागले पछि प्रकाशन गर्ने छ ।

ताजा अपडेट

नेपालवाच विशेष