बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (नामावलीसहित)

काठमाडौं । सरकारले बेलायत जान ७१ जना नेपाली नर्सको नाम अन्तर्वार्ताका लागि छनोट गरेको छ । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि छनोट भएका ७१ जना नर्सको नाम सार्वजनिक गरेको हो।
छनोटमा परेका नर्सहरुलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ। अन्तर्वार्तापछि बेलायतमा रोजगारीका लागि जाने नसहरुको अन्तिम नामावली विभागले सार्वजनिक गर्नेछ।
बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि नेपाल र बेलायत सरकारबीच गत भदौमा द्विपक्षी श्रम सम्झौता भएको थियो।
सम्झौताबमोजिम श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्स बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो। त्यहीअनुसार नर्सका लागि अनलाइन आवेदन आह्वान गरिएको थियो। तीमध्ये ७१ जनामात्र अन्तर्वार्ताका लागि विभागले छनोट गरेको हो।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया