बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (नामावलीसहित)
काठमाडौं । सरकारले बेलायत जान ७१ जना नेपाली नर्सको नाम अन्तर्वार्ताका लागि छनोट गरेको छ । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि छनोट भएका ७१ जना नर्सको नाम सार्वजनिक गरेको हो।
छनोटमा परेका नर्सहरुलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ। अन्तर्वार्तापछि बेलायतमा रोजगारीका लागि जाने नसहरुको अन्तिम नामावली विभागले सार्वजनिक गर्नेछ।
बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि नेपाल र बेलायत सरकारबीच गत भदौमा द्विपक्षी श्रम सम्झौता भएको थियो।
सम्झौताबमोजिम श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्स बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो। त्यहीअनुसार नर्सका लागि अनलाइन आवेदन आह्वान गरिएको थियो। तीमध्ये ७१ जनामात्र अन्तर्वार्ताका लागि विभागले छनोट गरेको हो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया