एकल अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेको छ ।
आज दुई सय ९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर ४७ हजार तीन सय ३३ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २८ करोड २ लाख २८ हजार रूपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।
आज पाँच उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । घटेका उपसमूहरूमा वित्त ०.३३, होटल तथा पर्यटन ३.३३, जलविद्युत ०.१८, उत्पादन ०.६६, म्युचल फण्ड ०.८४ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.५२, विकास बैंक ०.५२, लगानी ०.२३, जीवन बीमा ०.०६,माइक्रोफाइनान्स ०.५८, नीर्जीवन ००२, अन्य ०.१९ र व्यापार ०.१९ प्रतिशतले घटेको छ ।
मंगलबार बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमा सकाराकत्मक सर्किट लागेको छ भने नारायणी डेपलभमेन्ट बैंकको सेयर सबैभन्दा धेरै घटेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ८ करोड ४९ लाख ९८ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया