माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

काठमाडौं । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले दाबी गरेको छ ।
नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनिबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो प्रविधिको सुरुवात गरेको हो ।
अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआर (नेपालपे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुनेछ ।
‘यसले सेवाग्राही तथा मर्चेन्टमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनीयता अझ बढ्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।
अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखेर उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया