इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
दियाला प्रान्तीय कमान्ड अला अल-सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो ।
त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए । कारमा भएको दोहोरो हमलामा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको अल–सादीले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिको वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ ।
आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) का केही अवशेषहरूले समयसमयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन् । उनीहरू दियाला प्रान्तको पूर्वी भाग र प्रान्तको उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा सङ्गठित भएका छन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया