युक्रेनलाई हतियार दिन जर्मनीले अस्वीकार गर्यो
काठमाडौं । बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल उपलब्ध गराउने किएभको अनुरोधलाई अस्वीकार गरेको जर्मन मिडिया वेल्टले आइतबार रक्षा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
गत बुधबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर प्रकारको सवारी साधन र अन्य भारी हतियारहरूको लागि पत्र पठाएको थियो ।
किएभका स्रोतहरूले वेल्टलाई जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन् ।
यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई किएभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नेटो प्रतिबद्धताहरूमा सम्लग्न भएकाे बताएकाे थियाे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया