भगवानको थान बनाउन परेको बजेटमा ‘भ्रष्टाचार’, अधिकृतलाई अख्तियारले बोलायो
काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ स्थित पञ्चदेवल मन्दिरको नाममा परेको बजेटमा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको छ । मन्दिरको संरक्षण तथा घेरबारका लागि बजेट परेकोमा वन अधिकृतलगायतले काम नै नगरी भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
मन्दिर निर्माण नै नगरी भ्रष्टाचार गरेको व्यहोराको उजुरी परेपछि वन कार्यालय, कालीकोटका तत्कालीन निमित्त डिभिजन वन अधिकृत प्रकाश बस्नेतलाई बयानका लागि अख्तियारले बोलाएको छ ।
उजुरीसम्बन्धमा बुझ्न सार्वजनिक सूचना आह्वान गरेर उनलाई बोलाइएको आयोगले जनाएको छ । सूचनामा ३० दिनभित्र आयोगको महाशाखा नं. २ मा उपस्थित हुन भनिएको छ । निर्धारित समयमा उपस्थित भएर वयान दिन भनेको अख्तियारले अन्यथा थप कानूनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया