राष्ट्र बैंकद्वारा लिखित परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । खुला प्रतियोगिात्मक परीक्षामार्फत रिक्त पदपूर्तिका लागि गत मसिंर २४ गते लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापनको लिखित परीक्षा सञ्चालन हुने भएको बैंकले सूचनामार्फत जानकारी गराएको छ ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै परीक्षा कार्यक्रमबारे जानकारी दिएको हो । राष्ट्र बैंकले सहायक निर्देशक, प्रशासन, अधिकृतअन्तर्गत अधिकृत तृतीय लेखा÷लेखापरीक्षण, वाणिज्य कानुन, सूचना प्रविधिको रिक्त पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी सहायक निर्देशक प्रशासन अधिकृत तृतीय, सहायक प्रशासन द्धितीय तहमा परीक्षा सञ्चालन हुन लागेको हो ।
बैंकका अनुसार परीक्षा केन्द्रसम्बन्धी जानकारी बैंकले आफ्नो वेबसाइटमा पछि प्रकाशन गर्नेछ । थप जानकारीका लागि बैंक र लोकसेवा आयोगको वेबसाइट मार्फत हेर्न सकिनेछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया