इसेवामा रोजगारीको अवसर
काठमाडाैं । इसेवाले देशैभरीका विभिन्न पदका लागि १३० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दे सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बजार प्रतिनिधि र बजार ब्यवस्थापकमा कर्मचारी मागेको छ । कम्पनीका अनुसार कोशी प्रदेशमा १५, मधेश प्रदेशमा ४, बागमति प्रदेशमा (काठमाडाैं, चितवन) २४ जना, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेशमा ३२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना कर्मचारी मागेको छ ।
उक्त पदका लागि १२ पास भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत सिभी पठाउन सक्नेछन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया