कति पुग्यो आज सुनचाँदीको मूल्य ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६०० कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया