काेभिडका कारण रोकिएका नेपाली विद्यार्थीले पुनः विदेशमा गएर अध्ययन गर्न पाउने
काठमाडौं । चीनलगायतका विभिन्न मूलुकमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाल सरकारले पुनः विदेशमा गएर अध्ययन गर्ने व्यवस्था मिलाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदन दिन सक्नेबारे जानकारी गराएको हो ।
कोभिड–१९ महामारीमा नेपाल आएका र बन्दाबन्दीका कारण विदेशमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्याथी पुनः अध्ययन गर्न जान पाएका थिएनन् । मन्त्रालयका अनुसार बन्दाबन्दीको कारण अध्ययन गर्न जान नपाइएका विद्यार्थीहरुले मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदनको ढाँचामा उल्लिखित विवरण खुलाई निवेदन दिनुपर्ने छ ।
निवेदन आउँदो २५ गते भित्र मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमार्फत पठाउन सक्नेछन् । यसबारे थप जानकारीका लागि मन्त्रालयको वेबसाइटका गएर हेर्न सकिने छ ।
ताजा अपडेट
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति


प्रतिक्रिया