एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट (ई–मेलसहित) सेवाको अनुमति लिएको हिमालय गोरखा नेट प्रालिको लाइसेन्स खारेज भएको हो ।
उक्त संस्थाले आफ्नो अनुमतिपत्रको नवीकरण नगरेकाले दूरसञ्चार ऐन २०५३ अनुसार खारेज गरिएको प्राधिकरणले जनाएको छ । सो ऐनको दफा २५(५) मा प्राधिकरणसँग अनुमति लिएर सञ्चालित संस्थाले नियमित नवीकरण नगरेमा स्वतः उसले प्राप्त गरेको लाइसेन्स खारेज गर्ने प्रावधान छ ।
प्राधिकरणले हिमालयनलाई ३० दिनभित्र कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गरी तिर्न, बुझाउन बाँकी रकमको कारोबार गर्न निर्देशन दिएको छ । अन्यथा कानूनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उसले प्रष्ट पारेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया