एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट (ई–मेलसहित) सेवाको अनुमति लिएको हिमालय गोरखा नेट प्रालिको लाइसेन्स खारेज भएको हो ।
उक्त संस्थाले आफ्नो अनुमतिपत्रको नवीकरण नगरेकाले दूरसञ्चार ऐन २०५३ अनुसार खारेज गरिएको प्राधिकरणले जनाएको छ । सो ऐनको दफा २५(५) मा प्राधिकरणसँग अनुमति लिएर सञ्चालित संस्थाले नियमित नवीकरण नगरेमा स्वतः उसले प्राप्त गरेको लाइसेन्स खारेज गर्ने प्रावधान छ ।
प्राधिकरणले हिमालयनलाई ३० दिनभित्र कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गरी तिर्न, बुझाउन बाँकी रकमको कारोबार गर्न निर्देशन दिएको छ । अन्यथा कानूनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उसले प्रष्ट पारेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया