संसद सचिवालय महासचिव पदबाट गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् ।
आइतबार साँझ गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ। उनको कार्यकाल आगामी भदौमा सकिँदै थियो । गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया