विवाह पञ्चमीको रथ यात्राबाट बेपत्ता भएकी बालिका नग्न अवस्थामा मृत फेला
धनुषा । धनुषामा बुधबारदेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
धनुषाको सबैला नगरपालिका-९ कुसमहामा विवाहको मटकोर कार्यक्रमबाटै बेपत्ता ६ वर्षीया राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या भएको जस्तो देखिए पनि पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए÷नभएको खुल्ने प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया