जबरजस्ती करणी कसुरमा दैलेखमा दुई युवा पक्राउ
दैलेख । जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ वर्षीय रमेश खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।
उनका अनुसार सुनारमाथि गत पुस ११ गते १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । यसैगरी खड्कामाथि १८ वर्षीया किशोरीलाई गत पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ ।
प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, २०:४४:००
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया